काठमाडौं, २ असोज । केही समयदेखि बिरामी परेका चर्चित कलाकार केदार घिमिरे माग्ने बुढाले आफूलाई तत्काल उपचारको लागि सरकारको सहयोग आवश्यक नपरेको बताएका छन् ।
आफ्नो उपचार गर्न सरकारको पनि प्रस्ताव आएको बताउँदै अहिले आफ्नो उपचार गर्न सक्ने नै अवस्था रहेको जानकारी दिएका छन् । ‘आवश्यक परे उपचार गर्न बाहिर जान सरकारले सघाउने भनेको थियो, चलचित्र विकास बोर्डले पनि प्रस्ताव गरेको थियो,’ उनले भने, ‘अहिलेसम्म नेपालका डाक्टरहरुले बाहिर जानुपर्छ भन्नुभएको छैन र म अहिलेसम्म उपचार गर्न सक्ने अवस्थामा छु ।’ उनले आफूले नसकेको अवस्थामा मात्र सहयोगको लागि आह्वान गर्ने प्रतिक्रिया दिए ।
औषधी धेरै प्रकारको सेवन गरिरहेकाले कमजोरी महसुस हुने गरेको भन्दै उनले पूर्णरुपमा अभिनयमा आउन अझै केहि समय लाग्ने बताएका छन् ।
हेर्नुहोस् भिडियो –
The post बिरामी माग्ने बुढाले भने- अहिले सरकारको सहयोग चाहिँदैन (भिडियोसहित) appeared first on Sajha Post.