एजेन्सी, १० असोज । ‘बेबी’, ‘पिंक’ र ‘नाम शबाना’ जस्ता सफल फिल्ममा अभिनय गरेकी बलिउड अभिनेत्री तापसी पन्नु अब वरुण धवनसँग देखिँदैछिन् ‘जुडवा २’ मा । केही हिट फिल्म दिइसकेकी पन्नु आफूलाई संघर्षशील अभिनेत्री भन्न रुचाउँछिन् ।
यसवर्ष रिलिज भएको फिल्म ‘नाम शबाना’ले करिब ४० करोड कमायो । फिल्मको सफलतामाथि टिप्पणी गर्दै पन्नुले भनिन्, ‘यसबाट मैले यो बुझें कि मलाई दर्शकले साढे दुई घण्टासम्म पर्दामा देख्न सक्छन् ।’
सलमान खानको फिल्म ‘जुडवा’को फ्यान रहेकी तापसी आफूले ‘जुडवा २’मा काम गर्न पाउँदा खुशी भएको बताउँछिन् । फिल्ममा उनका अलवा वरुण धवन र ज्याकलिन फर्नांडिजको पनि मुख्य भूमिका छ ।
फिल्ममा देखिएको तापसीको किस सिनलाई लिएर नकारात्मक प्रतिक्रियाहरु पनि आइरहेका छन् । फिल्मको बचाउ गर्दै तापसीले भनिन्, ‘हामी अब निकै संवेदनशील भइसकेका छौं । हरेक चीजमा गल्ली खोज्ने कोशिश गर्ने गर्छौं । हामीले फिल्ममा चुम्बनको महिमा बताउन वा कुनैपनि व्यक्तिलाई पट्याउने माध्यमका लागि किस सिन दिएका होइनौं । तर, मानिसहरु बिना कुनै कारण यसको आपत्ति जनाइरहेका छन् ।’
डेविड धवनद्वारा निर्देशित ‘जुडवा २’ २९ सेप्टेम्बरबाट रिलिज हुनेछ ।
The post ‘जुडवा २’को चुम्बन सिनमाथि केको समस्या ? appeared first on Sajha Post.