Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सुर्दशनको ‘म यस्तो गीत गाउँछु’ मा पुजा र पल देखिने

$
0
0

काठमाडौं, १ असोज । युवा फिल्म निर्देशक सुर्दशन थापाले नयाँ फिल्म बनाउने भएका छन् । मोडलिङ स्टार पल शाह र अभिनेत्री पूजा शर्मालाई फिल्म  ‘म यस्तो गीत गाउँछु’ को लागि अनुबन्ध गरेका हुन् ।

puja-n-pal

सुर्दशन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ को शिर्ष गीतबाट फिल्मको नाम जुराइएको दुबईमा आयोजित एक समारोहमा फिल्म निर्माण र निर्देशनको घोषणा गरिएको हाे । फिल्मको कथा सुर्दशनकै रहने छ भने अर्जुन पोखरेलले संगीत दिनेछन् ।

फिल्ममा पल र पूजाका अलवा अभिनेता सरोज खनाल तथा नविन मानन्धरको अभिनय रहने छ । मोडलिङबाट चर्चामा आएका पल तथा ‘प्रेमगीत’ बाट चर्चा कमाएकी पूजाको रोमान्स कस्तो हुन्छ, त्यो समयले बताउला । फिल्मको सुटिङपछि सुरु हुनेछ ।

The post सुर्दशनको ‘म यस्तो गीत गाउँछु’ मा पुजा र पल देखिने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles