एजेन्सी, ३ असोज । बलिउड अभिनेता संजय दत्तले लामो समयपछि बलिउडमा फर्किँदैछन् । संजय दत्त फिल्म ‘भूमि’बाट बलिउडमा फर्कन लागेका हुन् । यस फिल्मको प्रमोशनका लागि संजय यतिबेला दौडधुप गरिरहेका छन् । हालै भएको एक इभेन्टमा संजयले यस्तो खुलासा गरे कि जुन सुनेर तपाई अचम्ममा पर्नुहुनेछ । उक्त कार्यक्रममा संजयको व्यक्तिगत जीवनका बारेमा प्रश्नहरु सोधिएका थिए । संजय दत्तलाई एकैपटकमा दुई जनासँग डेट गर्नु भएको छ ? भनेर प्रश्न गर्दा संजयले भने, ‘म दुई होइन एक समयमा तीन जनासँग रिलेशनमा बसेको थिएँ ।’
एकैपटक तीन जनासँग रिलेशनमा बस्दा त्यसलाई कसरी सम्हाल्नुभयो ? यस प्रश्नमा संजयले भने, ‘त्यसका लागि तपाई चालक हुनुपर्छ । जुन कसैलाई पनि थाहा नहोस् कि उसँग के भइरहेको छ ।’ संजय दत्तको प्लेब्याई इमेजलाई लिएर उक्त इभेन्टमा उनीसँग धेरै उत्तरहरु मागिएको थियो । ‘यो मेरा लागि निकै राम्रो समय थियो । मैले मानिसहरुबाट धेरै नै माया पाएँ । विशेषगरी महिलाहरुले मेरो प्लेब्याई इमेजलाई मन पराए ।’
तपाईलाई यो बताऔं कि संजय दत्तले तीन विवाह गरिसकेका छन् । संजयको आगामी फिल्म यसै हप्ता रिलिज हुँदैछ । फिल्ममा संजयका अलवा अदिति राव हैदरी पनि छिन् । फिल्मलाई ओमंग कुमारले निर्देशन गरेका हुन् ।
The post प्रेम जीवनबारे संजयको यस्तो खुलासा appeared first on Sajha Post.